चुनावको मुखमा लमजुङका सिडिओ ढुंगाना निलम्बित


काठमाडौं। चुनावको मुखमा लमजुङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) उमेश ढुंगाना निलम्बनमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै लमजुङका सिडिओ ढुंगाना निलम्बनमा परेका हुन्।

यातायात व्यवस्था कार्यालय नेपालगंज बाँकेका तत्कालीन कार्यालय प्रमुख लोक बहादुर सुनार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, लुम्बिनी प्रदेशका तत्कालीन सचिव (सहसचिव) उमेश ढुङ्गानासमेत ३२ जना उपर गलत लिखत एवं गलत प्रतिवेदन तयार तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको छ। उक्त मुद्दा दायर भएसँगै लमजुङका सिडिओ ढुंगाना निलम्बनमा परेका हुन्।

ढुंगाना सहकारी विभागको रजिष्ट्रार समेत भइसकेका सहसचिव हुन्। लमजुङका सिडिओ डा. टोकराज पाण्डे गण्डकी प्रदेशमा सरूवा भएसँगै ढुंगाना सिडिओ भएर गएका थिए। उनी पनि यातायात काण्डमा परेर निलम्बित भएका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #उमेश ढुंगाना

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ