अख्तियारले हालेका तीनवटै भ्रष्टाचारका मुद्दामा लुम्बिनी प्रदेशका कानुन सचिव सुनार प्रतिवादी
काठमाडौं। अख्तियारले दुरूपयोग अनुसन्धान आयोगले बिहीबार हालेका तीनवटै भ्रष्टाचारका मुद्दामा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन सचिव लोकबहादुर सुनार प्रतिवादी बनेका छन्। यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज, बाँकेको प्रमुख भएका बेला सुनारविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। अख्तियारले विशेष अदालतमा हालेको तीनवटा भ्रष्टाचार मुद्दामा हाल लुम्बिनी प्रदेशको कानुन सचिव रहेका सुनार प्रतिवादी बनेका हुन्।
अख्तियारले सुनारविरुद्ध घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी भ्रष्टाचार मुद्दा दायर भएको छ। सरकारी कागजात सच्याइ परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको अभियोगमा उनीविरूद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको हो। त्यस्तै गलत लिखत एवं गलत प्रतिवेदन तयार तथा सरकारी कागजात सच्याइ भ्रष्टाचार गरेको अभियोगमा प्रदेशका कानुन सचिव सुनारविरूद्ध तेस्रो भ्रष्टाचार मुद्दा दायर भएको हो। अख्तियारले हालेको तीनवटै भ्रष्टाचारका मुद्दामा सुनार मुछिएका छन्।
गलत लिखत एवं गलत प्रतिवेदन तयार तथा सरकारी कागजात सच्याइ भ्रष्टाचार गरेको अभियोगमा प्रदेशका कानुन सचिव सुनारवि र लमजुङका सिडिओ उमेश ढुंगानासहित ३३ जना प्रतिवादी रहेका छन्। सुनार उपसचिवको हैसियतमा यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज, बाँकेको प्रमुख हुँदा ठूल्ठूला भ्रष्टाचारमा संलग्न रहेको अख्तियारको अभियोगले औंल्याएको छ। सुनार बाँके, नेपालगञ्जको प्रमुख हुँदा ब्रहमलुट मच्चाएको पाइन्छ। कानुन सचिव नै भ्रष्टाचारमा डामिएपछि लुम्बिनी प्रदेशमा तरंग उत्पन्न भएको हो। अख्तियारले लगाएको अभियोगबाटै सुनारका पालामा यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज, बाँकेमा ठूलो बदमासी भएको देखिन्छ।
ट्याग : #उमेश ढुंगाना, #लोकबहादुर सुनार


तपाईको प्रतिक्रिया दिनुहोस