क्षयरोग केन्द्रमा कार्यरत इनरूवाका बद्री कोइरालाको सवारी दुर्घटनामा निधन
काठमाडौं। राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरमा कार्यरत नायब सुब्बा बद्री कोइरालाको सवारी दुर्घटनामा निधन भएको छ। सुनसरी इनरूवा, बलाहाका ४२ वर्षीय कोइरालाको निजामती अस्पताल नजिकै सवारी दुर्घटना निधन भएको हो।
नेपाल निजामती कर्मचारी संगठन, केन्द्रीय कार्य समितिका सचिवालय सदस्य समेत रहेका कोइरालाको मंगलबार बिहान टिपरको ठक्करबाट निधन भएको छ। भक्तपुरको लोकन्थली बस्दै आएका कोइरालाले चलाएको प्रदेश ३-००१ ब. ९४५ नम्बरको सरकारी स्कुटरलाई बा. २ क ३२२९ नम्बरको फोहोर बोक्ने टिपरले सिभिल अस्पताल अगाडि ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि सिभिल अस्पताल लगिएको थियो। कोइरालाको उपचार कै क्रममा निधन भएको हो।
दुर्घटनामा संलग्न टिपर चालक गोरखाको भूमिचोक स्थायी घर भई हाल काठमाडौंको पेप्सीकोला बस्ने २६ वर्षीय विकास थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस