पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेल सस्मितसँग फराकिलो मतान्तरले पराजित


काठमाडौं। पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेल प्रतिनिधिसभा सदस्यको निर्वाचनमा फराकिलो मतान्तरले पराजित भएका छन्। प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ५ बाट पूर्व स्वास्थ्यमन्त्री पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सस्मित पोखरेलसँग २१५७८ मतान्तरले पराजित भएका हुन्। घण्टीका पोखरेलले ३०७३७ मत प्राप्त गर्दा रूख (कांग्रेसका) पौडेलले ९१५९ मत ल्याएका छन्। पौडेलको जमानत जफत हुनबाट भने जोगिएको छ। नेपाली कांग्रेसका महामन्त्री रहेका पौडेललाई रास्वपाका सस्मितले हराइदिएका हुन्। सस्मित बालेन नेतृत्वको सरकारमा शिक्षामन्त्री बन्ने सम्भावना देखिन्छ।

 उक्त क्षेत्रमा नेकपा एमालेबाट उम्मेदवार बनेका इश्वर पोखरेल ४७०१ मत प्राप्त गरेर तेस्रो भएका छन्। ओम्नी काण्ड हुँदा इश्वर रक्षामन्त्री थिए। उनकै नेतृत्वमा कोरोनाकालमा ओम्नीसँग स्वास्थ्य सामग्री खरिद गर्दा घोटाला भएको थियो। ओम्नी काण्डमा संसदको सार्वजनिक लेखा समितिले छानबिन तथा कारबाही गर्न निर्देशन दिँदा पनि अहिलेसम्म छानबिन तथा कारबाही भएको छैन। जनताले भने मतदानमार्फत् पराजित गरेर फैसला सुनाइसकेका छन्।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ