हर्क साम्पाङसहित श्रम संस्कृति पार्टीले जित्यो प्रत्यक्षमा ३ सिट
काठमाडौं। हर्क साम्पाङसहित श्रम संस्कृति पार्टीले प्रत्यक्षमा ३ सिट जितेको छ। हर्कले सुनसरी १ बाट चुनाव जितेका हुन्। त्यस्तै भोजपुरबाट ध्रुवराज राई र खोटाङबाट आरेन राई निर्वाचित भएका हुन्।
निर्वाचन आयोगका अनुसार हर्क साम्पाङले सुनसरी-१ बाट विजयी हर्कले ३५,७४१ मत ल्याएर विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार गोमा तामाङलाई ८ हजार ४९२ मतले पछि पार्दै साम्पाङ निर्वाचित भएका हुन्। तामाङले २७,२४९ मत प्राप्त गरेकी छन्।
त्यस्तै भोजपुरबाट संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई निर्वाचित भएका छन्। ध्रुवले १६,६६३ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका उम्मेदवार शेरधन राई १४७५० मत ल्याएर दोस्रो स्थानमा परेका हुन्।
खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई निर्वाचित भएका छन्। हर्क साम्पाङको गृह जिल्ला खोटाङमा श्रम संस्कृति पार्टीका महासचिव समेत रहेका आरेनले १६६१२ मत ल्याएर विजयी भएका हुन्। खोटाङमा दोस्रो भएका नेकपा एमालेका उम्मेदवार देवबिक्रम राईले १२ ७१४ मत र तेस्रो भएका नेपाली कांग्रेसका उम्मेदवार वीरकाजी राईले११९५७ मत ल्याएका हुन्
।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस