गगन थापा भ्रष्टाहरूद्वारा आयातित उम्मेदवार भएको अमरेशको आरोप
काठमाडौं। सर्लाही-४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले निकटतम प्रतिद्वन्द्वी गगनकुमार थापालाई भ्रष्टहरूबाट आयातित उम्मेदवार भएको आरोप लगाएका छन्। उनले गगनलाई खुलापत्र लेख्दै उक्त आरोप लगाएका हुन्।
सिंहले अब भ्रष्टहरूलाई ठेगान लगाउने जनमत रास्वपाले पाएको भन्दै गगनलाई ती भ्रष्टहरूको साथ छोडेर स्वच्छ राजनीति गर्नुहुन्छ भन्ने पूर्ण आशा गरेको लेखेका छन्। ‘तपाईं कांग्रेस परिवर्तन गर्न खोज्नु भयो तर आफू परिवर्तन हुन सक्नु भएन। तपाईंको अगामी राजनीति सफा र स्वच्छ होस भनी कामना गर्दछु।’ अमरेशले कांग्रेस सभापति समेत रहेका थापालाई लेखेकाे पत्रमा उल्लेख छ।
यस्तो छ अमरेशले गगनलाई लेखेको खुलापत्र

क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस