समानुपातिकमा रास्वपाले ३० लाख कटायो, कांग्रेस-एमाले प्रतिस्पर्धामा
काठमाडौं। समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत मतगणना जारी छ। समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीले ३० लाख कटाएको छ। निर्वाचन आयोगका अनुसार रास्वपाले ३० लाख ६४ हजार ४३३ मत ल्याएको छ। ६२ लाख ६५ हजार ६९८ मत गणना हुँदा रास्वपाले ३० लाख नघाएको हो।
नेपाली कांग्रेसले समानुपातिकमा १० लाख ३३ हजार ३६८ मत प्राप्त गरेको छ। नेकपा एमालेले ८ लाख ८६ हजार ३९७ र नेकपा ४ लाख ३२ हजार ९६४ मत प्राप्त गरेको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख १८ हजार २६८ मत ल्याउदा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी १ लाख ७४ हजार ६२४ मत ल्याएर थ्रेस होल्ड कटाउने प्रयासमा देखिन्छ।
जसपा, नेपाल, राष्ट्रिय परिर्वत पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टीलगायतले भने थ्रेसहोल्ड कटाउने सम्भावना देखिँदैन।



तपाईको प्रतिक्रिया दिनुहोस