हट्यो निर्वाचन आचारसंहिता


काठमाडौं। सोमबार राति १२ बजेदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता २०८२ निष्कृय हुने भएको छ। निर्वाचन आयोगले फागुन २१ गतेको निर्वाचनका लागि माघ ४ देखि आचारसंहिता लागू गरेको थियो। उक्त आचारसंहिता लागू नरहने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आचारसंहिताको सम्पूर्ण व्यवस्था मिति २०८२/१०/०४ गते राति १२ बजेदेखि अर्को सूचना प्रकाशन नभएसम्म लागू गर्ने निर्णय भएकोमा निर्वाचन आचारसंहिता, २०८२ मिति २०८२/११/२५ गते राति १२ बजेदेखि लागू नरहने,’ विज्ञप्तिमार्फत् आयोगले जनाएकाे छ। निर्वाचन आचारसंहिताका कारण रोकिएका काम अघि बढाउन मिल्ने भएको हो। अब निर्वाचन आयोगसँग कुनै काम गर्न सहमति लिनु नपर्ने भएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ