घुस खाएर फरार भएका वडाअध्यक्ष भोट हाल्न जाँदा पक्राउ


काठमाडौं। घुस खाएर फरार भएका वडाअध्यक्ष भोट हाल्न जाँदा पक्राउ परेका छन्। अख्तियारले रंगेहात समातेपछि फुत्किएर फरार भएका जीतपुरसिमरा उपमहानगरपालिका-३ का निलम्बित वडाअध्यक्ष ताराबहादुर कार्की भोट हाल्न जाँदा पक्राउ परेका हुन्।

सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिने क्रममा रंगेहात समातिएका कार्की फुत्किएर फरार भएका थिए। उनलाई भोट हाल्न जाँदा प्रहरीले नियन्त्रणमा लिएको हो। उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ। मुद्दा चलिरहेकै अवस्थामा आफूले सफाइ पाएको भन्दै नक्कली पत्रसमेत बनाएको आरोप लागेपछि प्रहरीले उनलाई खोजिरहेको थियो। तर उनी लामो समयदेखि फरार थिए। चुनावमा भोट हाल्न आएको मौका छोपेर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ