संखुवासभाबाट सांसद बनेका अर्जुन कार्कीले ल्याएको मतभन्दा समानुपातिकमा एमाले कमजोर


काठमाडौं। संखुवासभाबाट निर्वाचन प्रतिनिधिसभा सदस्य अर्जुनकुमार कार्कीको मतभन्दा नेकपा एमाले समानुपातिक मतमा कमजोर देखिएको छ। एमालेले पाएको समानुपातिक मतभन्दा कार्कीले १७२२ मत बढी ल्याएका छन्। एमालेले उक्त ठाउँमा कार्कीबाहेक अर्को उम्मेदवार उठाएको भए घण्टी बज्ने खतरा देखिन्छ। व्यक्तिगत प्रभावका कारण कार्कीले संखुवासभाबाट चुनाव जितेको पाइन्छ।

संखुवासभाबाट निर्वाचन सांसद कार्कीले १५,६३६ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका मिङमा शेर्पाले १५,००० मत प्राप्त गरेका छन्। समानुपातिकमा भने नेकपा एमालेको रास्वपाको मतभन्दा १४२९ मत कम पाएको छ। संखुवासभाबाट समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीले १५,३४३ मत प्राप्त गर्दा नेकपा एमालेले १३,९१४ मत ल्याएको हो। समानुपातिकमा नेपाली कांग्रेसले १२,१६४ मत, श्रम संस्कृति पार्टीले १२,०३९ र नेपाली कम्युनिष्ट पार्टीले २,६४६ मत ल्याएको छ।

संखुवासभामा श्रम संस्कृति पार्टीले समानुपातिकमा राम्रै मत पाएको छ। नेपाली कांग्रेसले चाहिँ प्रत्यक्षमा भन्दा समानुपातिक कम मत पाएको हो। नेपाली कांग्रेसका उम्मेदवार दिपनकुमार श्रेष्ठले प्रत्यक्षले १३,२७१ पाउदा कांग्रेसले समानुपातिकमा १२,१६४ पाएको छ। श्रम संस्कृति पार्टीको उम्मेदवार उमा कुमारी राईले ९,८५७ मत ल्याउदा श्रम संस्कृति पार्टीले समानुपातिकमा १२,०३९ मत ल्याएको हो।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ