अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको गाडी अनधिकृत कब्जा, राज्य संयन्त्र निरीह
काठमाडौं। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका सवारी साधन अनधिकृत व्यक्तिले कब्जामा लिएका छन्। केन्द्रको सवारीसाधन चीरञ्जीवी बुढाथोकी, सैयद मोहम्मद इमरान,भद्रकाली पराजुली र तनबिर खाँलगायले अनधिकृत कब्जा गरेका हुन्। राज्यको सम्पत्ति अनधिकृत व्यक्तिले कब्जा गर्दा पनि राज्य संयन्त्र निरीह बनेको हो।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिले एक सूचना गर्दै ७ दिनभित्र सवारीसाधन फिर्ता गर्न निर्देशन दिएको थियो। तर, एक महिना हुँदा पनि उनीहरूले गाडी फिर्ता नगरेको पाइएको हो। विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति अन्तर्गत कार्यरत स्टोर किपर गिरीराज गिरीले अहिलेसम्म सवारीसाधन फिर्ता नभएको जानकारी दिए। सम्पर्क गरेरै जानकारी गराउदा पनि सवारीसाधन फिर्ता नगरेको उनले जानकारी दिए।
स्वास्थ्य लाइभलाई प्राप्त विवरण अनुसार चिरञ्जीवी बुढाथोकीले ६३५७ नम्बरको डिस्कोभर मोटरसाइकल अनधिकृत रूपमा कब्जा गरेका छन्। उनले यसपछि प्रयोग गरेको ६२६७ नम्बरको अपाची जलाएका थिए। त्यसलगत्तै अर्का मोटरसाइकल लगेका बुढाथोकीले त्यो पनि फिर्ता गरेका छैनन्।
केन्द्रको नाममा रहेको सैयद महम्मद इमरानले ६२६६ नम्बरको अपाची मोटरसाइकल, भद्रप्रसाद पराजुलीले ६२६८ नम्बरको अपाची मोटरसाइकल र तनबीर खाँले ६२६० नम्बरको ग्लैमर मोटरसाइकल अधिकृत कब्जा गरेका छन्। राजनीतिक भर्तिका आधारमा जागिर खाएर हटाइएका यी कर्मचारीले महिनौंदेखि सरकारी सवारीसाधन अनधिकृत कब्जा गरेका छन्।
जलेर ध्वस्त भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राखिएका करारका कर्मचारीको म्याद नथप्ने निर्णय भएको थियो। त्यसपछि सवारीसाधन लगायतका सामग्री फिर्ता गर्न सूचना जारी गरियो। निर्वाचन सम्पन्न भएर बालेन नेतृत्व सरकार बन्न लाग्दा समेत पार्टीका कार्यकर्ताले कब्जा गरेका सरकारी सवारीसाधन फिर्ता नभएका हुन्। सहरी विकास मन्त्री कुमार इङनामले यो विषयमा तत्काल एक्सन लिन जरूरी देखिन्छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस