प्रधानमन्त्री कार्कीद्वारा ‘पिए’ आदर्श दम्पतीलाई पालैपालो नियुक्ति


काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख स्वकीय सचिव(पिए) आदर्शकुमार श्रेष्ठ दम्पतीलाई पालैपालो नियुक्ति दिलाएकी छिन्। आदर्शकी श्रीमती संगिता श्रेष्ठलाई प्रधानमन्त्रीको स्वकीय सचिवालयमा नियुक्त दिलाएकी प्रधानमन्त्री कार्कीले उनलाई पनि राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गरेकी हुन्।

प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवका रूपमा बदनाम कमाएका आदर्शलाई राष्ट्रिय प्रकृति संरक्षण कोषमा नियुक्त गरेर प्रधानमन्त्री कार्की आफै बदनाम भएकी हुन्।

सर्वोच्च अदालतमा करारमा नायब सुब्बासरहको ‘सफ्टवेयर सपोर्ट पर्सन’मा कार्यरत आदर्शलाई प्रधानमन्त्री कार्कीले विशिष्ट श्रेणी सचिवसरहको सेवा सुविधा पाउने गरी प्रमुख स्वकीय सचिव बनाएकी थिइन्। उनै प्रमुख स्वकीय सचिव आदर्शलाई जाँदाजाँदै प्रधानमन्त्री कार्कीले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष बनाएकी हुन्।

सफलतापूर्वक चुनाव सम्पन्न गरेर बालेनलाई सत्ता हस्तान्तरण गरेर घर जाने बेलामा पिए आदर्शलाई नियुक्ति दिलाएर प्रधानमन्त्री कार्की आदर्शबाट च्यूत भएकी छिन्। ‘जेन-जी’ आन्दोलनको मर्ममाथि प्रहार गर्दै प्रधानमन्त्री कार्कीले आदर्शलाई घर जाने बेलामा व्यवस्थापन गरेकी हुन्। हरेक नियुक्तिमा चलखेल गर्दै आएका आदर्श आफै राष्ट्रिय प्रकृति संरक्षण कोषमा नियुक्ति खान सफल भएका छन्।

क्याटेगोरी : विविध

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ