आईजी बढुवाको मुखमा सशस्त्र प्रहरीका एआईजी पौडेलमाथि विभागीय कारबाहीको सिफारिस


काठमाडौं। सशस्त्र प्रहरी महानिरीक्षकमा बढुवा हुने बेलामा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक(एआईजी) नारायणदत्त पौडेलमाथि विभागीय कारबाहीको सिफारिस भएको छ। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले दिएको प्रतिवेदनमा एआईजी नारायणदत्त पौडेललाई विभागीय कारबाही गर्न सिफारिस गरिएको हो। ‘जेन-जी’ आन्दोलनका क्रममा पौडेल सशस्त्र प्रहरीको कार्यविभाग प्रमुख थिए। उक्त भूमिकामा भएका कारण पौडेलमाथि आईजी बढुवाको मुखमा विभागीय कारबाहीको सिफारिसमा परेका हुन्।

पौडेलसहित सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरेशकुमार श्रेष्ठ, र सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीलाई आयोगले विभागीय कारबाही सिफारिस गरेको छ । उनीहरूलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने अवस्था देखिन आएको आयोगले उल्लेख गरेको हो।

चार वर्षे कार्यकाल सकेर अर्याल २०८३ वैशाख १८ मा अवकाशमा जाने भएपछि आईजीका लागि सशस्त्र प्रहरी बलका एआईजीद्वय पौडेल र बंशिराज दाहालबीच प्रतिस्पर्धा रहेको थियो। पौडेललाई ‘जेन-जी’ आन्दोलनसँग जोडेर कार्की आयोगले विभागीय कारबाहीको सिफारिस गरेपछि दाहालल आईजी बन्ने सम्भावाना बढेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ