बल्ल एक ठाउँमा उभिए कांग्रेस, एमाले र माओवादी!


समाचार टिप्पणी

काठमाडौं। १८ वर्षपछि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी( तत्कालीन माओवादी) मिल्न बाध्य भएका छन्। उनीहरूलाई परिस्थितिले मिलाइदिएको हो, एकै ठाउँमा ल्याइदिएको हो। मुलुकमा गणतन्त्र आएपछि पहिलोपटक यी तीन दल प्रतिपक्ष बेञ्चमा एक ठाउँमा उभिएका हुन्।

मुलुकमा कुशासन ल्याउन र भागबण्डा गरेर राज्य संयन्त्र एक ठाउँमा उभिएका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी( तत्कालीन माओवादी) मुलुकमा सुशासन र सुव्यवस्था ल्याउन भने एक ठाउँमा उभिन सकेका थिएनन्। सदनमा राष्ट्रिय स्वतन्त्र पार्टी शक्तिशाली रूपमा उदाएपछि यी दलहरू एकै ठाउँमा उभिएका हुन्।

अहिले सदनमा उनीहरू जसरी एक ठाउँमा सीमित भएका छन् त्यसैगरी नै ‘जेन-जी’ आन्दोलन अघि राज्य संयन्त्रमा हालिमुहाली गर्न एक ठाउँमा उभिदै आएका थिए। रास्वपाले उनीहरूलाई पतिपक्ष बेञ्चमा एक ठाउँमा उभाइदिएको छ। देशलाई यो हालतमा छाडेर उनीहरू एक ठाउँमा उभिएका हुन्!

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ