१७ वटा मन्त्रालय राख्ने बालेन सरकारको निर्णय, दलीय ट्रेड युनियन खारेज गर्ने घोषणा
काठमाडौं। बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले संघमा १७ वटा मात्र मन्त्रालय राख्ने निर्णय गरेको छ। बालेन नेतृत्वको सरकारले ३० दिनभित्र मन्त्रालयको संख्या घटाउने निर्णयसहित मौजुदा नेपाल सरकार (कार्य विभाजन) नियमावली संशोधन गरी संघीय मन्त्रालयको संख्या १७ कायम गर्ने निर्णय गरेको हो।
संघीय निजामती सेवा विधेयक ४५ दिनभित्र तर्जुमा गर्ने र दलीय ट्रेड युनियन खारेज गर्ने बालेन सरकारको घोषणा छ।



तपाईको प्रतिक्रिया दिनुहोस