यिनीहरूमाथि गम्भीर आरोप लाग्दा पनि ओली सत्ताले संरक्षण गरेको आरोप लाग्दै आएको थियो


समाचार टिप्पणी

काठमाडौं। बालबालिका सम्बन्धी कसूर गरेको अभियोगमा लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मा समातिएकी छिन्। बालिकालाई घरेलु कामदारका रूपमा शोषण गरेको उजुरीपछि शर्माको घरबाट काठमाडौं महानगरपालिकाले उद्धार गरेको थियो। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको थियो। ओलीले महान्यायाधिवक्ता कार्यालय प्रयोग गरेर पार्टी नेता शर्मालाई बाल श्रम शोषण जस्तो मुद्दामा जोगाएका थिए। बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार आउनेबित्तिकै शर्मा प्रक्राउ परेकी हुन्। ती बालिकालाई समय आएपछि न्याय दिन बालेनले बताएका थिए।

धादिङकी जानुका पाठक (शोभा)ले नेकपा एमालेका सचिव महेश बस्नेतविरूद्ध बलात्कार, भ्रूणहत्या, डाँकाचारी, साइबर अपराध जस्ता आधा दर्जन कसुरमा प्रहरीमा जाहेरी दिएकी थिइन्। बस्नेतविरूद्धको उजुरी पनि ओली नेतृत्वको सरकारले दबाउँदै आएको थियो। ओली सत्ताले संरक्षण गरेका नेता बस्नेतविरूद्ध फेरि पाठक सक्रिय भएकी छिन्। बालेन सरकार आएपछि उनी न्याय पाउने आशामा देखिन्छिन्।

नेकपा एमालेका नेता ऐन महरविरूद्ध रस्मिला धामीले बलात्कारमा जाहेरी दिएकी थिइन्। तर, ओली नेतृत्वको सरकारले उनलाई समेत संरक्षण गरेर बलात्कार मुद्दा लाग्नबाट जोगाएको थियो। महर र धामीबीच अहिले पनि आरोपको दोहोरी चल्दै आएको छ।

बझाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका महरविरूद्ध धामी अहिले पनि सक्रियतापूर्वक लागेकी छिन्। ओली सत्ताले दबाएको महरविरूद्धविरूद्ध जाहेरी जगाउन धामी लागिपरेकी छिन्। महर र धामीबीचको विवादले कानुनी ‘कोर्स’ लिने सम्भावना बढेको छ। यी लगायत ओली सत्ताले दबाएका धेरै अपराधहरू बालेन सरकारको पालामा अनुसन्धानको प्रक्रियामा जाने देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ