बालेन आउनु अघि बनेको समितिको सिफारिसलाई लिएर बर्दिबासमा आन्दोलन


काठमाडौं। बालेन सरकार आउनु अघि बनेको सुशासन मार्गचित्रलाई लिएर महोत्तरीको बर्दिबासमा आन्दोलन सुरू भएको छ। ‘जेन-जी’ आन्दोलनपछि गठित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको नेतृत्वमा सुशासनको मार्गचित्र तयार गर्न गठित समितिले बुझाएको रिपोर्टका आधारमा महोत्तरीमा आन्दोलन सुरू भएको हो।

२०८२ पुस १४ गते गठित उक्त समितिले सुशासन मार्गचित्र, २०८२ तयार पारेर बुझाएको छ। उक्त मार्गचित्रमा बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना, बर्दिबास, महोत्तरी खारेज गर्न उपयुक्त हुने उल्लेख छ। आयोजना सम्पन्न भएपश्चात् आयोजना कार्यालय खारेज गर्न उपयुक्त हुने भनी गरिएको सिफारिस आधार मानेर आन्दोलन भएको हो।

सुशीला कार्की नेतृत्वको सरकारले नै सार्वजनिक गरेको उक्त मार्गचित्रमा खारेज गर्न सिफारिस भएको कुरालाई खारेज भएजसरी प्रचार गरेर स्थानीयलाई आन्दोलन गर्न उक्साएको देखिन्छ। बर्दिबासमा मेडिकल कलेज बनेपछि आयोजना कार्यालय खारेज गर्न सिफारिस गरिएको छ। तर, अहिले नै उक्त कार्यालय खारेज भएजसरी आन्दोलन सुरू भएको पाइन्छ। आन्दोलन गर्न उक्साउने र आन्दोलन गर्नेले निर्णय भएजसरी सडक तताएका छन्।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ