संघीय संसद्को बैठक १९ गतेका लागि आह्वान, डिपीलाई सभामुख बनाउन बाटो खुल्यो


काठमाडौं। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले १९ गते २ बजेका लागि संघीय संसद्को बैठक बोलाइएका छन्। राष्ट्रपतिले दुबै सदनको बैठक आह्वान गरेका हुन्।

राष्ट्रपतिले संसद् आह्वान गरेसँगै सभामुख/उपसभामुख चयनको प्रक्रिया अघि बढ्ने भएको छ। प्रतिनिधिसभाको अध्यक्षता जेष्ठ सदस्य अर्जुन नरसिंह केसीले गर्दै आएका छन्। १९ गतेपछि प्रतिनिधिसभाको सभामुख/उपसभामुख चयनको प्रक्रिया सुरू हुने देखिन्छ। प्रतिनिधिसभाको सभामुख राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल (डिपी) हुने निश्चित जस्तै छ। सभामुख चयन भएपछि उपसभामुख चयन गरिने छ। सभामुख र उपसभामुख फरक-फरक दल र लिङ्गको हुनुपर्ने छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ