‘जेनजी’ आन्दोलनमा काठमाडौंको सिडिओ रहेका छवि रिजाल पक्राउ
काठमाडौं। ‘जेनजी’ आन्दोल हुँदा काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सिडिओ) रहेका छवि रिजाल पक्राउ परेका छन्। उन लाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनका आधारमा रिजाललाई पक्राउ गरिएको हो।
भदौ २३ र २४ को आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा रिजालको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। उनलाई मुलुकी अपराध संहिताअनुसार ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो। त्यसैका आधारमा तत्कालीन सिडिओ रिजाललाई पक्राउ गरिएको हो।
उक्त प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन्। तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी पनि पक्राउ पर्ने सूचीमा रहेको स्रोतले बतायो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस