बालेनको निजी सचिव बनेका सहसचिव परियारको भयो प्रधानमन्त्री कार्यालयमा सरूवा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को निजी सचिव भएका सहसचिव प्रदिप परियारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरूवा भएका छन्। बालेनले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेसँगै निजी सचिवालय हेर्दै आएका सहसचिव परियारको औपचारिक रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरूवा भएको हो। बालेनको निजी सचिव भएका परियारले वैधानिकता पाएका छन्।
परियारसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जगेडामा रहेका ४ सहसचिवहरूको उपमहानगरपालिकामा सरुवा गरिएको छ। सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव टेकनारायण पौडेलको तुलसीपुर उपमहानगरपालिकामा सरूवा भएको हो। त्यस्तै चन्द्रप्रसाद भुसालको घोराही उपमहानगरपालिकामा, दिपक ज्ञवालीको बुटवल उपमहानगरपालिकामा र ज्ञानहरि घिमिरेको जनकपुरधाम उपमहानगरपालिकामा सरूवा भएको छ। त्यसैगरी इन्जिनियर क्लष्टरका सहसचिव नवराज शर्माको सहरी विकास मन्त्रालयमा सरूवा भएको हो।
सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सहसचिवहरू खिमबहादुर कार्की, सन्तोषकुमार दाहाल र लेखनाथ ज्ञवाली रहेका छन्। कार्की र ज्ञवाली अवकाशको मुखमा रहेका छन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस