यस्तो छ बालेन नेतृत्वको सरकारको पहिलो बजेट बनाउने ‘टिम’


काठमाडौं। झन्डै दुई-तिहाइ बहुमत प्राप्त बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले बजेट बनाउने टिम बनाएको छ। अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीको नेतृत्वमा आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट लेखन समिति गठन समिति गठन भएको हो।

अर्थ मन्त्रालयका वरिष्ठतम सहसचिव खत्रीको नेतृत्व अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि पाँच सदस्यीय समिति गठन गरेका छन्। बजेट लेखन समितिमा अर्थ मन्त्रालयका अनुभवी सहसचिव खत्री संयोजक तोकेका हुन्। समितिका सदस्यहरूमा डा. सुमन दाहाल, डा. धनीराम शर्मा, महेश भट्टराई र सेवन्तक पोखरेल सदस्य रहेका छन्। उनी हरूलाई अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट लेखन जिम्मा दिएका हुन्।

बजेट लेखन समितिमा रहेका डा. सुमन दाहाल बजेट तथा कार्यक्रम महाशाखा प्रमुख, शर्मा अन्तराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख,महेश भट्टराई आर्थिक नीति विश्लेषण महाशाखा र सेवन्तक पोखरेल वित्तीय संघियता समन्वय महाशाखा प्रमुख रहेका छन्।

अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रहिसकेका खत्रीको नेतृत्वमा बनेको आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट लेखन समिति बनाएको छ। उक्त समितिले बालेन सरकारको भिजन अनुसार काम गर्नुपर्ने देखिन्छ। देश बनाउन र काम गर्न आएको बालेन सरकारलाई उक्त समितिले बजेटमा काम दिनुपर्ने छ। उक्त समितिले काम गर्दा बालेनको भिजनलाई समावेश गर्न ध्यान दिनुपर्ने देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ