‘जुनियर’ महानिर्देशकको मातहतमा खटाइए सहसचिव पाण्डे
काठमाडौं। गृह मन्त्रालयले सहसचिव निश्चलराज पाण्डेलाई कनिष्ठ (जुनियर) सहसचिवको मातहतमा खटाएको छ। पाण्डेलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय, भैरहवामा खटाइएको छ। अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारी पाण्डेभन्दा जुनियर सहसचिव हुन्। तिवारीको मातहतमा पर्ने अध्यागमन कार्यालय, भैरहवाको प्रमुखमा वरिष्ठ सहसचिव पाण्डेलाई खटाइएको हो।
निश्चलराज पाण्डे २०७८ कार्तिकका सहसचिव हुन् भने तिवारी त्यसको एक महिनापछि २०७८ मंसिरमा सहसचिव भएका थिए। एक महिना अघि नियुक्ति लिएका पाण्डेलाई जुनियर सहसचिवको मातहतमा खटाइएको छ। डोटी, अछाम र जुम्लामा सहसचिवको दरबन्दीमा उपसचिव सिडिओ रहेका छन्। सहसचिव पाण्डेलाई ती जिल्लाको सिडिओमा पठाउन छाडेर जुनियर सहसचिवको मातहतमा खटाएको पाइन्छ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीलाई विभागबाट हटाए मात्र पाण्डेलाई व्यवस्थापन गर्न सहज हुने देखिन्छ। सिनियर सहसचिवको मातहतमा काम गर्न पाण्डेलाई नैतिक संकट परेको छ। विवादित पृष्ठभूमिका तिवारी उक्त विभागमा बस्दा पाण्डेलाई समस्या परेको चर्चा छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस