बालेन सरकारको राष्ट्रिय योजना आयोगले पायो पूर्णता, उपाध्यक्ष र छ जना सदस्य नियुक्त
काठमाडौं। राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ। बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र छ सदस्य नियुक्त गरेको हो। बालेन सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा. गुणाकर भट्टलाई नियुक्त गरेको हो। नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भट्टलाई बालेन सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएको हो।
त्यस्तै सरकारले राष्ट्रिय योजना आयोगका सदस्यहरूमा अर्जुनजंग थापा, सुधन झा, रेशु अर्याल, देवेन्द्र गौचन, पुकार मल्ल र सञ्जय आचार्यलाई नियुक्त गरेको छ। उनीहरूले नियुक्तिसँगै राष्ट्रिय योजना आयोगले पूर्णता पाएको हो। थापा नेपाल सरकारका पूर्वसचिव हुन्। आचार्य त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागमा कार्यरत छन्।
राष्ट्रिय योजना आयोगलाई शक्तिशाली बनाउने उद्देश्यले सात सदस्यीय आयोग बनाइएको हो। नीति अनुसन्धान प्रतिष्ठान, राष्ट्रिय तथ्याङ्क कार्यालय जस्ता निकाय योजना आयोगमा गाभेर शक्तिशाली बनाउन खोजिएको छ। बालेन सरकारले राष्ट्रिय योजना आयोग मार्फत महत्त्वपूर्ण योजना कार्यान्वयनमा ल्याउन खोजेको पाइन्छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस