श्रममन्त्री दिपककुमार साह बर्खास्त, स्वास्थ्यमन्त्री मेहतालाई सचेत गराइयो
काठमाडौं। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साह बर्खास्त भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले मन्त्री शाहलाई बर्खास्त गरेका हुन्।
श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनर्नियुक्तिको विषय लाई लिएर उनी विवादमा परेका थिए। उनलाई प्रधानमन्त्री बालेनले बर्खास्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सिफारिसमा प्रधानमन्त्री बालेनले श्रममन्त्री साहलाई बर्खास्त गरेका हुन्। श्रममन्त्री साहले पदीय मर्यादाको दुरूपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियमित गराउने कार्य गरेको व्यहोरा पार्टी केन्द्रीय अनुसन्धान आयोगको अध्ययनबाट देखिएको भन्दै सभापति लामिछानेले जिम्मेवारीबाट हटाउन सिफारिस गरेका थिए। पार्टीको सिफारिससँगै प्रधानमन्त्री बालेनले श्रममन्त्री साहलाई बर्खास्त गरेका हुन्। त्यस्तै स्वास्थ्य मन्त्री निशा मेहतालाई समेत सचेत गराउने पार्टीले सिफारिस गरेको छ।

श्रममन्त्री साहकी श्रीमती जुनुलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनर्नियुक्ति गरेको स्वास्थ्य लाइभले खुलासा गरेको थियो। स्वास्थ्य लाइभलाई जुनुले समाजिक सञ्जालबाटै चुनौती दिएकी थिइन्। तर, स्वास्थ्य लाइभको समाचार सही ठहरिएको छ। स्वास्थ्य कै समाचारका आधारमा सत्यतथ्य छानबिन हुँदा श्रममन्त्री साह बर्खास्तमा परेका हुन्।


तपाईको प्रतिक्रिया दिनुहोस