श्रम मन्त्रालयमा एकैदिन दुई संयोग: श्रममन्त्री साहको जागिर गयो, निजी सचिव पण्डितको सरूवा भयो
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा एकैदिन दुई संयोग परेको छ। श्रममन्त्री दिपककुमार साहको जागिर जानु र उनका निजी सचिव केशरबहादुर पण्डितको सरूवा हुनु एकैदिन परेको हो। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रममन्त्री साहलाई बर्खास्त गरेकै दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजी सचिव पण्डितको स्थानीय तहमा सरूवा गरेको हो।
स्वास्थ्य बीमा बोर्डको सदस्यमा श्रीमती जुनु श्रेष्ठलाई पुनर्नियुक्ति गरेको प्रकरणमा श्रममन्त्री साह बिहीबार बर्खास्त भएका छन्। बिहीबार नै श्रममन्त्रीले निजी सचिव राखेका पण्डित आठबिसकोट नगरपालिका रूकुम पश्चिमको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएका हुन्।
कन्सल्टेन्सी ठगी काण्डमा पहिला नै मुद्दा लागेका साह श्रममन्त्री बनेका थिए। विवादित पृष्ठभूमिका साहले आफू सुहाउँदो निजी सचिव छनौट गरेका थिए। कर्मचारी वृत्तमा तरमारा उपसचिवमा गनिने पण्डितलाई साहले निजी सचिव बनाएका थिए। साहको जागिर गएसँगै पण्डितको पनि सरूवा भएको हो।
ट्याग : #केशर बहादुर पण्डित उपसचिव


तपाईको प्रतिक्रिया दिनुहोस