अवकासोन्मूख उच्चपदस्थ कर्मचारीलाई ई-पेन्सन सेवा लिएर उदाहरणीय बन्न महानिर्देशक पोखरेलको आग्रह


काठमाडौं। निजामती किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलले अवकासोन्मूख उच्चपदस्थ कर्मचारीलाई ई-पेन्सन सेवा लिएर उदाहरणीय बन्न आग्रह गरेका छन्। कम संख्यामा उच्चपदस्थ कर्मचारीले ई-पेन्सनको सुविधा लिएपछि महानिर्देशक पोखरेलले यस्तो आग्रह गरेका हुन्।

महानिर्देशक पोखरेलका अनुसार चैत्र ६ गतेबाट विभागले शुरु गरेको ई-पेन्सन सेवाको उपयोग गर्ने निवृत्त कर्मचारीको संख्या ६४ पुगेको छ। यस अवधीमा एकजना सहसचिवले मात्र ई-पेन्सन सेवा उपयोग गरेको र श्रेणिविहीन तर्फ २७ जनाले गरेकाे किताबखानाले जनाएको छ।

त्यस्तै ३ जना उपसचिवले ई पेन्सन सेवा लिएका छन् भनने अधिकृत र नासुको संख्या क्रमश: २१ र १० रहेको छ। यस अवधिमा कुल १७९ जनाले पेन्सन सुविधा लिँदा जिल्लाबाटै ई-पेन्सन सेवा लिनेको संख्या ६४ रहेकोछ अर्थात् ३६ प्रतिशतले मात्र सुविधा लिएको तथ्यांकले देखाउँछ। सुविधा लिने कर्मचारीको स्तरगत प्रवृत्ति विश्लेषण गर्दा ६१ प्रतिशत कर्मचारी सहायक स्तरका देखिएका छ्न् भने अधिकृत वा सो भन्दा उच्च स्तरका ३९ प्रतिशत रहेको किताबखानाले जानकारी दिएको छ।

अझै व्यापक प्रचारप्रसारको कमि रहेकोले सवै प्रजिअ मार्फत जिल्लागत प्रचार प्रसार गरि कर्मचारीलाई अवगत गराउन गृह मार्फत परिपत्र समेत गरिसकिएको महानिर्देशक पोखरेलले जनाएका छन्।

विभागले शुरु गरेको डिजिटल सर्भिस ट्रान्सफरमेसनको यस मोडेल ( ई- पेन्सन सेवा) को माध्यमबाट सेवाका लागि राजधानी नै आउनुपर्छ भन्ने मान्यता तोडिएको छ। दूरदराजका सेवा निवृत्त कर्मचारीको समय, लागत र हैरानी समाप्त भएको महानिर्देशक पोखरेलको भनाइ छ।

सबै अवकासोन्मुख उच्चपदस्थ कर्मचारीलाई विभागसँग ई-पेन्सन सेवाको पहुँच प्राप्त गरी आफ्नै कार्यालबाट पेन्सनलगायतका सबै एकिकृत सेवा प्राप्त गरि घर फर्कन तथा सेवाकै लागि कितावखाना नआउन महानिर्देशक पोखरेलले अनुरोध गरेका छन् । अव निकट भविष्यमा नै ई-सिटरोल सेवा समेत शुरु गर्ने विभागले जनाएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ