रास्वपाले दुई मन्त्री टुंग्यायो: गौरी उद्योगमन्त्री, रामजी श्रममन्त्री


काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुईमन्त्री टुंग्याएको छ। रास्वपाले गौरी यादवलाई उद्योगमन्त्री र रामजी यादवलाई श्रममन्त्री बनाउने निर्णय गरेको हो।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेकी गौरी यादव महोत्तरी ४ मा निर्वाचित सांसद हुन्। उनी ३० हजार १३२ मतसहित विजयी भएकी थिइन्।

सप्तरी-२ बाट निर्वाचित रामजी यादव श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन्। इन्जिनियरिङ पृष्ठभूमिबाट राजनीतिमा उदाएका रामजी श्रममन्त्री बनेका हुन्। रामजी सिके राउत, सतिश सिंह जस्ता ह्याभीवेटलाई हराएर निर्वाचित भएका सांसद हुन्।

नवनियुक्त दुवै मन्त्रीले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ