सिके राउतलाई हराएका थिए नवनियुक्त श्रममन्त्री रामजी यादवले
काठमाडौं। नवनियुक्ति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले सप्तरी-२ बाट सिके राउतलाई हराएर निर्वाचित भएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामजीले यादवले २८ हजार ४०४ मत ल्याएर निर्वाचित हुँदा जनमत पार्टीका अध्यक्ष समेत रहेका चन्द्रकान्त राउत (सिके)ले नाै हजार ८८० मत ल्याएर तेस्रो स्थानमा सीमित भएका थिए। राउत यसअघि उक्त क्षेत्रबाट निर्वाचित सांसद हुन्। उनैलाई पराजित गरेर रामजी सांसद बनेका हुन्।
रामजीका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार उमेश यादवले १४ हजार २६३ मत प्राप्त गरेका छन्। त्यस्तै स्वाभिमान पार्टीबाट उम्मेदवार बनेका मधेश पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले तीन हजार ५५७ मत पाएका थिए। त्यस्तै नेपाली कांग्रेसका रामकुमार यादवले दुई हजार ४९८, राष्ट्र निर्माण दल नेपालका अफरोज आलमले एक हजार १२०, नेकपा एमालेका मोहम्मद जियाउल रहमानले ८८३ मत पाएका थिए। नेपाली कम्युनिस्ट पार्टीका सूर्यनाथप्रसाद यादवले ४२६ मत ल्याएका थिए।
सिके राउत, सतिशकुमार सिंह जस्ता नेतालाई हराएर आएका रामजीलाई रास्वपाले श्रममन्त्री बनाएको छ। यादव समुदायबाट मन्त्री नबनाइएको गुनासो आइरहँदा श्रममा रामजी र उद्योगमा गौरी यादव मन्त्री बनाइएको हो।।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस