नैतिकता बन्धकी राखेर परराष्ट्रमा हाजिर गरिरहेका राजदूत डा. रूपाखेतीले दिए राजीनामा
काठमाडौं। नैतिकता बन्धकी राखेर निर्लज्ज तरिकाले परराष्ट्र मन्त्रालयमा हाजिर गरिरहेका राजदूत डा. शैल रूपाखेतीले राजीनामा दिएका छन्। बालेन सरकार आएपछि नेपाली कांग्रेसको कोटाबाट राजदूत बनेका डा. रूपाखेतीले राजीनामा दिएर टाप ठोकेका हुन्।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका निजी चिकित्सक रहेका डा. रूपाखेती तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाको जोडबलमा जर्मनीको राजदूत बनेका थिए। जेन-जी आन्दोलनपछि सुशिला कार्की नेतृत्वको सरकारले उनीसहितका ११ राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। सर्वोच्च अदालतको आदेशको आडमा निर्लज्ज तरिकाले परराष्ट्रमा हाजिर गरेर टाप ठोक्दै (हाटा गर्दै) आएका डा. रूपाखेतीले बालेन सरकार आएपछि राजीनामा दिएका हुन्। ५ महिनादेखि परराष्ट्र मन्त्रालयको ‘एम्बेस्डर्स रूम’मा हाजिर गर्दै डा. रूपाखेतीको चेत बल्ल खुलेको छ।
जेनजी आन्दोलनपछि परराष्ट्रको ‘माछाबजार’मा डा. रूपाखेती जस्ता ठूला माछा थपिए। डा. रूपाखेती तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका निजी चिकित्सक रहिसकेका रूपाखेती देउवाको दम्पतिविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी भएपछि राजीनामा दिन बाध्य भएका छन्।
प्रतिष्ठित चिकित्सक समेत रहेका रूपाखेती परराष्ट्रको ‘माछा बजार’मा दुर्गन्धित बनेर निस्किएका छन्। डा. रूपाखेतीलाई नैतिकता बन्धकी नराख्न स्वास्थ्य लाइभले सुझाव दिएको थियो। तर, उनले नैतिकता देखाउन सकेनन्। बालेन सरकार आएपछि नैतिकता गुमाएर परराष्ट्रको ‘माछा बजार’बाट बाहिरएका हुन्।
क्याटेगोरी : समाचार
ट्याग : #डा. शैल रूपाखेती


तपाईको प्रतिक्रिया दिनुहोस