सरकारको निर्णय अवज्ञा गर्दै चिकित्सक संघ, राप्ती प्रतिष्ठानमा सदाबहार स्वास्थ्य सेवा


दाङ । सरकारले आइतबार पनि स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्ने नीति लिएको अवस्थामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले विगतमा जस्तै सदाबहार स्वास्थ्य सेवा जारी रहने बताएको छ। सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपनि प्रतिष्ठानले विगतमा जस्तै आइतबार पनि नियमित स्वास्थ्य सेवा जारी रहने बताएको हो। यसको अर्थ बालेन सरकारलाई एक कदम अगाडि बढेर प्रतिष्ठानले स्वास्थ्य क्षेत्रमा साथ र सहयोग गरेको देखिन्छ ।

प्रतिष्ठानले जारी गरेको सूचनाअनुसार विगतमा जस्तै आइतबार पनि सबै सेवा सुचारु रहने जनाएको छ । यसले सेवाग्राही, विशेषगरी गरिब तथा विपन्न वर्गका नागरिकलाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ । आइतबार पनि ओपिडी सेवा बन्द गर्दा टाढा टाढाबाट आउने नागरिकहरूले ३ दिनसम्म दुःख पाउने भएका कारण बिदा दिने निर्णय उचित नभएको र सेवालाई निरन्तरता गर्नु आवश्यकता ठानिएको प्रतिष्ठानले जनाएको छ ।

तर, नेपाल मेडिकल एसोसिएसनले भने सरकारको निर्णय अस्वीकार गर्दै आइतबार ओपिडी सेवा बन्द गर्ने अडान लिएको छ । चिकित्सक संघको यस्तो निर्णयप्रति विभिन्न कोणबाट प्रश्न उठ्न थालेका छन् ।

कतिपय विश्लेषकहरूले चिकित्सक संघभित्र निश्चित राजनीतिक धार नजिक रहेका चिकित्सकहरूको प्रभाव देखिने गरेको र यस्ता निर्णयहरूले सरकारको सेवा सुधार प्रयासमा अवरोध पुर्‍याउने जोखिम रहेको टिप्पणी गरेका छन् ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पाउने हक सुनिश्चित गरेको छ । यस्तो अवस्थामा सेवा बन्द गर्ने निर्णयले नागरिकको उक्त अधिकार कार्यान्वयनमा प्रत्यक्ष असर पार्ने देखिन्छ ।

बालेन शाह सहित वर्तमान सरकार सेवा प्रवाहलाई प्रभावकारी बनाउने र जनतालाई सहज पहुँच दिने दिशामा केन्द्रित देखिएको सन्दर्भमा राप्ती प्रतिष्ठानको निर्णयलाई सकारात्मक रूपमा लिइएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ