सचिव र सिडिओसहित बैशाखभित्रै आधा दर्जन बढी उच्चपदस्थहरू अवकाशमा जाँदै
काठमाडौं। बैशाख ५ गते ५८ वर्ष उमेर पूरा भएर सहसचिव शिवराम पोखरेल अनिवार्य अवकाशमा जानेछन्। शनिबार रातिबाट सहसचिव पोखरेलको उमेर ५८ वर्ष पूरा हुनेछ। त्यसैले शुक्रबारबाटै उनी घर जाने भएका हुन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुख रहेका पोखरेल २०८३ सालमा अवकाशको सुरूवात गर्ने सहसचिवमा पर्छन्। तुलनात्मक रूपमा ‘राम्रा’ सहसचिवमा गनिने पोखरेल सरकारी सेवाबाट बिदा हुँदैछन्।
इन्जिनियरिङ क्लष्टरमा सहसचिव अरुणकुमार कटुवाल बैशाख ८ गते अवकाशमा जाँदैछन्। उनी ५८ वर्ष पूरा भएर अवकाशमा जान लागेका हुन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका विज्ञान तथा प्रविधि हेर्ने सचिव रामआधार साह वैशाख ९ गते अनिवार्य अवकाशमा जाँदैछन्। विवादित पृष्ठभूमिका सचिव साह ५८ वर्ष पूरा भएर हप्ता दिनभित्रै अनिवार्य अवकाशमा जान लागेका हुन्। २०८३ मा सचिवलाई अवकाशको बाटो देखाउनेमा साह अगाडि भएका छन्।
इन्जिनियरिङतिर कै सहसचिव कृष्णराज पाठक पनि सचिव साहसँगै एकैदिन अनिवार्य अवकाशमा जाने सूचीमा छन्। उनी ५८ वर्ष पूरा भएर घर जान लागेका हुन्।
अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी बैशाख ११ गते अनिवार्य अवकाशमा जाँदैछन्। उनी ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जान लागेका हुन्।
राष्ट्रिय सूचना आयोगका सचिव (नेपाल सरकारका सहसचिव) दीर्घराज मैनाली बैशाख १३ गते अनिवार्य अवकाशमा जाँदैछन्। एमाले सत्तामा राजस्वतिर निकै तरमारेका तरमारा सहसचिव मैनाली ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जान लागेका हुन्। आन्तरिक राजस्व, राजस्व अनुसन्धान जस्ता आकर्षक विभागको नेतृत्व गरेका मैनाली बैशाखको दोस्रो हप्ता अनिवार्य अवकाशमा जाने सूचीमा रहेका छन्।
संघीय संसद् सचिवालयका सहसचिव इन्द्रबिलास पौडेल बैशाख १५ गते अनिवार्य अवकाशमा जाँदैछन्। ५८ वर्ष पूरा भएर पौडेल अनिवार्य अवकाशमा जान लागेका हुन्।
न्याय परिषद्का सचिव जितेन्द्रबाबु थपलिया बैशाख १९ गते घर जाँदैछन्। उनी ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जान लागेका हुन्।
ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रेमप्रसाद भट्टराई बैशाख २४ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। ५८ वर्ष पूरा भएर सहसचिव भट्टराई यही महिना अवकाशमा जान लागेका हुन्।
राष्ट्रिय किताबखानाको प्रहरी तर्फ हेर्ने पुष्कर न्यौपाने बैशाख २६ गते अनिवार्य अवकाशमा जान लागेका हुन्। राजस्वको उपसचिवबाट प्रशासनको सहसचिवमा बढुवा भएर आएका न्यौपाने ५८ वर्ष पूरा अनिवार्य अवकाशमा जाने सूचीमा छन्।
थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वली पनि बैशाख २८ गते ५८ वर्ष पूरा हुँदैछन्। परराष्ट्र सेवाका सहसचिव वलीलाई ५८ वर्ष पूरा भएपछि राजदूत बाट फिर्ता बोलाउने नीति सरकारले बनायो भने उनी पनि घर फिर्ती हुन्छन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस