सरकारले पहिचान गरेका काठमाडौंका हुकुम्बासीहरू, वास्तविक सुकुम्बासीको व्यवस्थापन हुने
काठमाडौं। बागमती नदी किनारमा सुकुम्बासीका नाममा ठूलो संख्यामा हुकुमबासी बसिरहेको सरकारले पहिचान गरेको छ। वास्तविक सुकुम्बासीलाई नदी किनारको जोमिख क्षेत्रबाट हटाएर उचित स्थानमा व्यवस्थापन गर्ने र हुकुम्बासीलाई आफ्नै टुंगोमा पुऱ्याइदिने सरकारको तयारी देखिन्छ। सरकारले तयारीका साथ नै नदी किनारमा रहेको सुकुम्बासी वस्तीलाई व्यवस्थापन गर्न खोजेको देखिन्छ।
बालेन्द्र शाह (बालेन) काठमाडौं महानगरपालिकाको मेयर हुँदा नै थापाथलीको सुकुम्बासीको वास्तविक अवस्था पहिचान गरिसकेका छन्। केही नहुनेलाई व्यवस्थापन गर्ने र हुनेलाई जोखिमपूर्ण स्थानबाट हटाउने सरकारको तयारी देखिन्छ। सुकुम्बासीको नेता बनेका विष्णु उप्रेतीसहित ठूलो संख्यामा जग्गा जमिन भएका व्यक्तिहरू नदी सभ्यता कब्जा गरेको बसेको पाइन्छ।
बर्खायाममा थापाथली क्षेत्र सधै डुबानमा पर्ने गरेको छ। बालेनले नागरिक जोगाउन थापाथलीबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्न लागिएको विषय चुनावमा स्पष्ट पारेका थिए। बाढी प्रभावित क्षेत्रमा रहेको जोखिमपूर्ण बस्ती स्थानान्तरण गर्न बालेन सरकार बर्खायाम सुरू हुनु अघि नै सक्रिय भएको हो। बागमती नदी सभ्यता र नागरिकलाई जोगाउन बालेन सरकार थापाथली क्षेत्रका वास्तविक सुकुम्बासीको पहिचान र व्यवस्थापन गर्न अग्रसर भएको छ। स्वास्थ्य लाइभलाई प्राप्त कागजातमा सुकुम्बासी भनेर नदी किनार कब्जा गरेर बसेका थुप्रै व्यक्तिको विभिन्न ठाउँमा जग्गा रहेको देखिन्छ। सरकार अघि बढ्नेबित्तिकै काठमाडौंको आधा सुकुम्बासी समस्या त्यसै समाधान हुने अवस्था देखिन्छ। सुकुम्बासीलाई भोट बैंकका रूपमा प्रयोग गर्दै आएकाले भने सरकारी कदमको विरोध गर्न खोजेको पाइन्छ।
कतिपय हुकुमबासीहरूले आफ्नो भएको जग्गा समेत बेचेको प्रमाण फेला परेको छ। सबै प्रमाण र अवस्था हेरेरै बालेन सरकारले थापाथलीको सुकुम्बासी बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न खोजेको देखिन्छ। सुकुम्बासी राख्नका लागि अपार्टमेन्ट नै बनाइएको छ। उक्त ठाउँमा सुकुम्बासी व्यवस्थापन गर्न सकिन्छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस