‘आईआरडी’का डिजी दाहालसहित अर्थबाट ५ सहसचिव प्रदेश पठाइए


काठमाडौं। आन्तरिक राजस्व विभाग (आईआरडी)का महानिर्देशक मदन दाहालसहित अर्थ मन्त्रालय वा अन्तर्गतका निकायबाट ५ सहसचिव प्रदेश पठाइएका छन्। बिचौलिया दिपक भट्टसँग साँठगाँठ देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ४ घण्टा बयान लिएका दाहाल सुदूरपश्चिम प्रदेश सरुवा भएका हुन्।

अर्थ मन्त्रालयको वित्तीय संघीय महाशाखा प्रमुख सेवन्तक पोखरेल र सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुख महेश बराल मधेश प्रदेश सरुवा भएका छन्। अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई बागमती र महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रक सुशीला अर्याल लुम्बिनी प्रदेश सरूवा भएकी छिन्। अर्थ मन्त्रालयबाट एकैपटक ५ सहसचिव बाहिरिएका हुन्।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ