भक्तपुरसहित तीन जिल्लाका सिडिओ गृहबाट आउट
काठमाडौं। भक्तपुर, सिन्धुपाल्चोक र डडेल्धुराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गृह मन्त्रालयबाट सकसाथ बाहिरिएका छन्। तीनवटै जिल्लाका सिडिओ प्रदेश सरूवा भएका हुन्।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल बागमती प्रदेश, सिन्धुपाल्चोकका सिडिओ रामकृष्ण अधिकारी र डडेल्धुराका सिडिओ विष्णुप्रसाद कोइराला कोशी प्रदेश सरूवा भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनी कुमारी श्रेष्ठको कर्णाली प्रदेशमा सरुवा भएको छ। गृह मन्त्रालयबाट ३ जना सिडिओसहित १ सहसचिवको प्रदेशमा सरूवा भएको हो।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस