रमेश लेखकको भतिजलाई हङकङबाट फिर्ता बोलाएको सरकारले ग्वाङझाउबाट आरजुको ‘पिए’का श्रीमानलाई किन फिर्ता बोलाएन?


काठमाडौं। बालेन सरकारले हङकङका महावाणिज्य विन्देश्वरप्रसाद लेखकलाई फिर्ता बोलाएको छ। हङकङमा बस्न र लुक्न देउवा दम्पतीलाई सहजीकरण गरेको आरोप लाग्दै आएका विन्देश्वरलाई सरकारले फिर्ता बोलाएको हो। पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकका भतिज नाता पर्ने विन्देश्वर सहसचिव भएपछि कुनै जिम्मेवारी नलिइ सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा बसेर परराष्ट्र मन्त्रालयका हुँदै ८ महिनापछि हङकङ पुगेका थिए। तरमारा सहसचिव विन्देश्वरलाई सरकारले फिर्ता बोलाएको छ। सम्पत्ति शुद्धीकरण मुद्दामा देउवा दम्पतीलाई छानबिन गर्न खोज्दा विन्देश्वरले सहयोग गरेको समेत चर्चा छ। केही समय अघि देउवा दम्पती हङकङमा देखा परेका थिए। आरजु राणा देउवा परराष्ट्रमन्त्री हुँदा हङकङका महावाणिज्यदूत बनेका विदेश्वरलाई सरकारले फिर्ता बोलाएको हो।

रमेश लेखकका भतिजा विन्देश्वरलाई फिर्ता बोलाएपछि नयाँ बहस सुरू भएको छ। तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाको निजी सचिव रहेकी तारा गौतमका पति भरत खनाललाई ग्वाङझाउबाट फिर्ता बोलाइन्छ कि बोलाइँदैन भन्ने चासो र चर्चाको विषय बनेको हो।

आरजु निजी सचिवालयमा श्रीमती भएकै कारण भरत खनाल ग्वाङझाउको महावाणिज्यदूत बन्न सफल भएको चर्या हुँदै आएको छ। महावाणिज्य दूतावासमा आकर्षक मानिने ग्वाङझाउको महावाणिज्यदूत भरत बनेपछि आरजुको सचिवालयमा उनकी श्रीमती रहनुलाई मुख्य आधार मानिदै आएको छ। पूर्वमुख्यसचिव शंकरदास बैरागी खनालसँग पनि राम्रो सम्बन्ध स्थापित गरेका भरतको ग्वाङझाउको महावाणिज्यदूत बनेका हुन्। विन्देश्वरलाई जस्तै सरकारले भरतलाई सरकारले ग्वाङझाउको महावाणिज्यदूतबाट फिर्ता बोलाउँछ कि बोलाउँदैन भन्ने कुरालाई चासोका साथ हेरिएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ