अवकाशको मुखमा रहेका न्याय परिषद्का सचिव थपलिया बने उच्च अदालतको न्यायाधीश
काठमाडौं। अवकाशको मुखमा रहेका न्याय परिषद्का सचिव जीतेन्द्रबाबु थपलिया उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन्। न्याय परिषद्को बैठक सचिव थपलियालाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गरेर उच्च अदालत सुर्खेत, जुम्ला इजलासमा पदस्थापन गरेको छ। मंगलबार कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकले थपलियालाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको हो।
बैशाख १९ गते ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जान लागेका थपलियाको पाँच वर्ष जागिर लम्बिएको छ। उच्च अदालतको न्यायाधीश ६३ वर्षमा अवकाशमा जाने व्यवस्था रहेकाले थपलियाको जागिर अवधि थपिएको हो। विशेष अदालतको रजिष्ट्रार हुँदै न्याय परिषद्को सचिव बनेका थपलिया अवकाशको मुखमा सहसचिव बन्न सफल भएका हुन्।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस