६ महिला सहसचिव एकसाथ प्रदेश पठाइए


काठमाडौं। सरकारले एकैपटक ७ जना महिला सहसचिवलाई प्रदेश पठाएको छ। सरकारले ‘ठूलो लट’मा महिला सहसचिवहरूलाई प्रदेश पठाएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन, गृह, अर्थ, शिक्षा र कृषि मन्त्रालय वा अन्तर्गतका निकायमा कार्यरत महिला सहसचिवहरूलाई प्रदेश सरूवा गरेर पठाएको हो। सरूवा भएका आधा जति महिला सहसचिवहरू प्रशासन महाशाखामा बसेर रजगज गरिरहेका थिए।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रशासन महाशाखा प्रमुख पार्वती शर्मा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रशासन महाशाखा प्रमुख अनिता निरौला र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रशासन महाशाखा प्रमुख रोशनी कुमारी श्रेष्ठको प्रदेश सरूवा भएको छ। शर्माको मधेश, निरौलाको बागमती र श्रेष्ठको कर्णाली सरूवा भएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कै निता पोखरेल अर्याल, महालेखा नियन्त्रक कार्यालयको सुशीला अर्यालको पनि प्रदेश सरूवा भएको छ। निता र सुशीला दुबैजना सहसचिवको लुम्बिनी प्रदेश सरूवा भएको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय वा अन्तर्गतका दुई सहसचिवको पनि प्रदेश सरूवा भएको छ। कृषितिरकी सहसचिव प्रेरणा सेढाई भट्टराईको गण्डकी र जानुका पण्डितको लुम्बिनी प्रदेश सरूवा भएको हो। एकैपटक आधा दर्जन बढी महिला सहसचिवहरू प्रदेश सरूवा भएका हुन्।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ