“सरकारी गाडी दुरुपयोग नगरेको” लेखा अधिकृत रोशना अधिकारीको स्पष्टोक्ति


काठमाडौं । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकी लेखा अधिकृत रोशना अधिकारीले आफूले सरकारी सवारी साधनको दुरुपयोग नगरेको स्पष्ट पारेकी छन्। स्वास्थ्य लाइभ मिडियामा सरकारी गाडी दुरुपयोगसम्बन्धी समाचारहरू निरन्तर प्रकाशित भएपछि उनले स्पष्टोक्ति दिँदै यस्तो बताएकी हुन्।

अधिकारीका अनुसार कार्यालयको पुलमा रहेको गाडी मन्त्रालय तथा अन्य सरकारी निकायसँगको कामकाज, प्रशासन, खरिद र आर्थिक प्रशासन शाखाको आवश्यकताअनुसार प्रयोग हुँदै आएको छ। व्यक्तिगत प्रयोजनका लागि ड्राइभरसहितको गाडी सुविधा नलिएको उनले दाबी गरेकी छन्।

टिभिएस ६२५३ नम्बरको स्कुटरसम्बन्धी उठेका प्रश्नमा पनि उनले उक्त स्कुटर निवास–कार्यालय आवतजावत तथा आवश्यक सरकारी कामकै लागि मात्र प्रयोग गरिएको स्पष्ट पारेकी छन्। आफ्नै व्यक्तिगत स्कुटर समेत भएकाले घरायसी प्रयोजनमा सरकारी सवारी प्रयोग गर्नुपर्ने आवश्यकता नभएको उनको भनाइ छ।

त्यसैगरी, आफू कुनै राजनीतिक दलसँग आबद्ध नरहेको र नातेदारसँग पनि सम्बन्ध नरहेको खण्डनमा स्पस्ट पारेकी छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ