डिजिटल सुरक्षामाथि नयाँ प्रश्न: गोपनीयतामा ‘जेटकेटोर’ काे चर्चा
काठमाडौँ – नेपालमा डिजिटल प्रयोग तीव्र रूपमा बढ्दै जाँदा अब बहस इन्टरनेट पहुँचबाट सर्दै प्रयोगकर्ताको सुरक्षा र भरोसातर्फ केन्द्रित हुन थालेको छ। अनलाइन हुँदा व्यक्तिको तथ्यांक, पहिचान र प्रतिष्ठा कति सुरक्षित छ भन्ने प्रश्न अहिले झन् गम्भीर बन्दै गएको छ।
यही सन्दर्भमा Softa Technologies (सफ्टा टेक्नोलोजी) ले विकास गरेको ‘जेटकेटोर’ नामक सामाजिक सञ्जालले दक्षिण एसियामा केही राहत मिलेको छ ।
कम्पनीका अनुसार भारत, नेपाल, श्रीलंका र बंगलादेशमा यसका पाँच लाखभन्दा बढी परीक्षण प्रयोगकर्ता पुगेका छन्। विशेषगरी युवा र महिलाहरूबीच यसको प्रयोग बढ्दो रहेको दाबी कम्पनीले गरेको छ।
‘जेटकेटोर’लाई गोपनीयता–केन्द्रित प्लेटफर्मका रूपमा प्रस्तुत गरिएको छ। यसमा प्रयोगकर्ताको डेटा संकलन न्यून गर्ने, व्यवहार–आधारित ट्र्याकिङ नगर्ने र बहु–तह सुरक्षा प्रणाली प्रयोग गर्ने जस्ता व्यवस्था रहेको कम्पनीको भनाइ छ। पछिल्ला वर्षहरूमा कृत्रिम बुद्धिमत्ता, डीपफेक र नक्कली सामग्रीको जोखिम बढिरहेका बेला यस्ता दाबीहरू स्वाभाविक रूपमा चासोको विषय बनेका छन्।
यद्यपि, यस्ता प्रविधि कति प्रभावकारी छन् भन्ने कुरा स्वतन्त्र परीक्षण र दीर्घकालीन प्रयोगपछि मात्र स्पष्ट हुने विज्ञहरू बताउँछन्।
दक्षिण एसियामा नयाँ सामाजिक सञ्जालहरू सुरुवातमा आकर्षणको केन्द्र बन्ने तर टिकाउ प्रयोगकर्ता आधार बनाउन चुनौती हुने गरेको अनुभव पनि छ।
नेपालको सन्दर्भमा डिजिटल सुरक्षा अझ संवेदनशील विषय हो। सामाजिक सञ्जालमा भएका गतिविधिहरूले व्यक्तिको व्यक्तिगत जीवन, परिवारिक सम्बन्ध, सामाजिक प्रतिष्ठा र पेशागत अवसरमा समेत प्रभाव पार्ने गरेका उदाहरणहरू बढिरहेका छन्। विशेषगरी महिलाहरू र युवाहरू अनलाइन दुर्व्यवहार, गलत सामग्रीको प्रयोग र गोपनीयता उल्लंघनबाट प्रभावित हुने गरेको देखिन्छ।
‘जेटकेटोर’ले परम्परागत “सहमति” मोडलमाथि पनि प्रश्न उठाएको छ, जहाँ प्रयोगकर्ताले लामो गोपनीयता नीति नबुझीकन स्वीकार गर्ने प्रवृत्ति रहन्छ। तर यस्तो समस्या केवल एउटा प्लेटफर्मसँग मात्र सीमित नभई समग्र डिजिटल साक्षरता र नियामक संरचनासँग जोडिएको विषय भएको विज्ञहरू बताउँछन्।
यसैबीच Softa का अन्य प्लेटफर्महरू—Subkuz, Ezowm, Hola AI र ZHAN—पनि स्थानीय सामग्री, व्यापार र विज्ञापन प्रणालीसँग सम्बन्धित रहेको उल्लेख गरिएको छ। यस्ता प्लेटफर्महरूले स्थानीय अर्थतन्त्रमा केही अवसर सिर्जना गर्न सक्ने सम्भावना देखिए पनि यसको प्रभाव कति पर्छ भन्ने अझै स्पष्ट भइसकेको छैन।
‘जेटकेटोर’का संस्थापक सुनिल कुमार सिंह गोपनीयता–केन्द्रित प्रविधि विकासमा काम गरेको अनुभव रहेको बताउछन् । तर कुनै पनि नयाँ डिजिटल प्लेटफर्मका लागि प्रयोगकर्ता टिकाउपन, आम्दानी मोडल, सामग्री नियमन र पारदर्शिता जस्ता पक्षहरू चुनौतीपूर्ण हुने नै देखिन्छ।
विशेषज्ञहरूका अनुसार नेपालमा डिजिटल सुरक्षासम्बन्धी बहस केवल नयाँ एप वा प्लेटफर्मको आगमनसँग सीमित हुनु हुँदैन। डेटा सुरक्षा, प्रयोगकर्ताको अधिकार, कानुनी व्यवस्था र डिजिटल साक्षरता सुदृढ गर्ने विषयमा राज्य, निजी क्षेत्र र सञ्चारमाध्यमबीच समन्वय आवश्यक रहेको उनीहरूको भनाइ छ।
यस सन्दर्भमा ‘जेटकेटोर’ जस्ता प्लेटफर्महरूले उठाएको गोपनीयता र भरोसाको बहस महत्वपूर्ण भए पनि यसको वास्तविक प्रभाव प्रयोगकर्ता अनुभव, पारदर्शिता र उत्तरदायित्वले निर्धारण गर्ने देखिन्छ।
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकारट्याग : ##Softa, #Softa Technologies, #Sunil kumar shing


तपाईको प्रतिक्रिया दिनुहोस