राष्ट्रपति कार्यालयका सहसचिव शर्मा र सामान्यको अतिरिक्तका कार्की अनिवार्य अवकाशमा
काठमाडौं। राष्ट्रपति कार्यालयका सहसचिव एकनारायण शर्मा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव खिमबहादुर कार्कीले अनिवार्य अवकाश पाएका छन्। ५८ वर्ष उमेर हदका कारण दुवै सहसचिव अनिवार्य अवकाशमा गएका हुन्।
राष्ट्रपतिको निजी सचिवालय महाशाखा प्रमुख रहेका सहसचिव ५८ वर्ष लागेर अवकाशमा जाँदा प्रशासन सेवा कै दुई सहसचिव राष्ट्रपति कार्यालयमा कार्यरत छन्। सूचना, सञ्चार तथा समन्वय महाशाखा प्रमुख रितेश कुमार शाक्य र व्यवस्थापन महाशाखा बलराम ढकाल रहेका छन्। उनीहरू दुबैजना प्रशासन सेवाका सहसचिव हुन्। राष्ट्रपति कार्यालयमा प्रशासन सेवाको दुई सहसचिव भए प्रयाप्त हुनेमा ३ जना राखिएको छ।
यता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव खिमबहादुर कार्कीले ५८ वर्ष लागेर घर गएका छन्। राजस्व समूहको उपसचिवबाट सहसचिव भएका शर्मा कुनै जिम्मेवारी नपाइ सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा हाजिर गरेरै घर गएका हुन्।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस