अनामनगरको सुकुम्बासी बस्ती भयो खाली


काठमाडौं। अनामनगरको सुकुम्बासी खाली भएको छ। बालेन सरकारले एक्सन लिने भएपछि त्यहाँ बसेका घर परिवारले बस्ती छाडेका छन्।

 २३ घर परिवार रहेको उक्त सुकुम्बासी बस्तीमा आधाभन्दा बढीले शुक्रबार नै ठाउँ छाडेका थिए। कति आफ्नो घरमा सरेको त कोही डेरा खोजेर सरेका हुन्। शनिबार सबैले बस्ती खाली गरेका छन्। डोजर आउनुभन्दा पहिला नै उनीहरूले ठाउँ खाली गरेका छन्।

सुकुम्बासी बस्तीमा खोलिएको चुना उद्योग पनि हटेको छ। बालेनको अभियानलाई साथ दिँदै उनीहरूले बस्ती खाली गरेका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ