स्वास्थ्यमा राजनीतिक नियुक्ति खाने पुष्पा भुसालका श्रीमानदेखि सूर्य थापाका भाइसम्मको गयो जागिर


काठमाडौं। स्वास्थ्यमा राजनीतिक नियुक्ति खाने पुष्पा भुसालका श्रीमानदेखि सूर्य थापाका भाइसम्मको जागिर गएको छ। बालेन सरकारले ल्याएको अध्यादेशका कारण उनीहरूको जागिर गएको हो। नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालका श्रीमान डा. चोपलाल भुसाल नेपाल मेडिकल काउन्सिलका अध्यक्ष रहेका थिए। त्यस्तै एमाले नेता सूर्य थापाका भाइ चन्द्रबहादुर थापा क्षेत्री स्वास्थ्य बीमा बोर्डको अध्यक्ष रहेका थिए। बालेन सरकारले अध्यादेश ल्याएर उनीहरूको जागिर खाइदिएको हो।

नेपाली कांग्रेसको सहमहामन्त्री रहेकी डा. डिला संग्रौला पन्तका श्रीमान सूर्य संग्रौलाले पनि जागिर गएको छ। कांग्रेस नेतृ डिलाका श्रीमान भएकै कारण डा सूर्य वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार बन्न सफल भएका थिए। बालेन सरकारको अध्यादेशका कारण वीपी प्रतिष्ठानको रजिष्ट्रारमा नियुक्त भएका दिलाका श्रीमान सूर्यको जागिर चैट भएको हो।

नेपाली कांग्रेसको केन्द्रीय सदस्य नवोदिता चौधरीका श्रीमान डा. पशुपति चौधरीको पनि जागिर गएको छ। रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका अध्यक्ष बनेका उनको अध्यादेशले जागिर खाइदिएको हो।

स्वास्थ्यमा राजनीतिक ‘ब्याज’ खाने धेरैले जागिर गुमाएका छन्।बालेन सरकार आउनु अघि नै रास्वपाले राजनीतिक नियुक्ति खाएकाहरूलाई पद छाड्न सन्देश दिएको छ। तर, पुराना दलबाट नियुक्ति खाएकाहरू सुशासनलाई चुनौती दिँदै लिसो टाँसिए जस्तो पद ओगटेर निर्लज्ज तरिकारेले बसिरहेका थिए। बालेन सरकारले अध्यादेश ल्याएर उनीहरूको नियुक्ति खारेज गरिदिएको हो।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ