वैदेशिक रोजगार बोर्डका विवादास्पद कार्यकारी निर्देशक डा. द्वारीका उप्रेती पदमुक्त
काठमाडौं। वैदेशिक रोजगार बोर्डका विवादास्पद कार्यकारी निर्देशक डा. द्वारीका उप्रेती पदमुक्त भएका छन्। बोर्डमा बसेर विवादास्पद काम गर्दै आएका डा. उप्रेती बालेन सरकारको अध्यादेशले पदमुक्त भएका हुन्।
बालेन सरकारले ल्याएको अध्यादेश श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतका निकायमा भएका राजनीतिक नियुक्ति खारेज भएको हो। उक्त अध्यादेशले पदमुक्त हुनेमा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रमेश कुमार बखती र सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीलगायत रहेका छन्।
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीको जागिर बालेन सरकारको अध्यादेशसँगै धरापमा परेको छ। कहिले नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ता भएर जागि खाने त कहिले नेकपा एमाले भएर जागिर टिकाउने कार्यकारी निर्देशक उप्रेतीको जागिर बालेन सरकारको अध्यादेशले चैट पारि दिएको छ। युएईस्थित नेपाली राजदूतावासको गाडी मर्मत, रोजगार मेलादेखि राजदूतावासमा कर्मचारी नियुक्तिमा समेत महालेखा परीक्षकको कार्यालयले उप्रेतीमाथि बेरुजुको डण्डा लगाएको छ। आर्थिक विवादमा मुछिएपछि उनी श्रम मन्त्रालय समेत तानिएका थिए। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको छानबिनमा समेत परेका उप्रेतीको जागिर अध्यादेशले चैट पारिदिएको हो।
उप्रेतीमाथि बोर्डमा अपारदर्शी तरिकाले कर्मचारी नियुक्ति गरेको आरोप लाग्दै आएको छ। जावेद अन्सारीसहित डाटा इन्ट्री एसिस्टेन्ट भनेर उनले ठूलो संख्यामा करारका कर्मचारीलाई राजनीतिक भर्ति गरेको आरोप लाग्दै आएको हो।
क्याटेगोरी : समाचारट्याग : #डा. द्वारिका उप्रेती


तपाईको प्रतिक्रिया दिनुहोस