सरकारी जग्गा मिचेर भूमाफिया चाम्लिङले बनाएको टावर जोगाउन हर्क साम्पाङका नेता परिचालित


काठमाडौं। सरकारी जग्गा मिचेर भूमाफिया चाम्लिङले बनाएको टावर जोगाउन हर्क साम्पाङको श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य परिचालित भएको खुलासा भएको छ। भूमाफिया चाम्लिङले ८ तले भवन सरकारी जग्गा मिचेर बनाएपछि बालेन सरकारले डोजर चलाएको छ। उक्त डोजर रोक्न हर्क साम्पाङका नेता समिर लामा परिचालित भएको खुलेको हो।

हर्क साम्पाङले चाम्लिङसँग कुनै सम्बन्ध नरहेको जिकिर गर्दै गर्दा उनका नेता लामा भने ताम्लिङ टावर जोगाउन अग्रमोर्चामा उभिएको पाइन्छ। उक्त भवनको सबै कागजात छ भनेर काठमाडौंका प्रमुख जिल्ला अधिकारी इश्वरराज पौडेलसँग ‘डिल’ गर्न पनि श्रम संस्कृति पार्टीका नेता लामा अग्रसर रहेको खुल्न आएको हो।

सरकारी जग्गा मिचेर चाम्लिङ टावर जोगाउन फिल्डमा खटिएका लामा सोमबार हर्क साम्पाङलाई लिएर थापाथलीमा देखा परेका हुन्। देवीनगर पुगेका काठमाडौंको सिडिओ पौडेलसँग समिर लामा भनेर आफूलाई परिचित गराएका छन्। उनले आफू नै उक्त घरसँग सम्बन्धित व्यक्ति जसरी प्रस्तुत भएको पाइन्छ। चाम्लिङ दम्पतीलाई पनि उनै लामाले गाइड गरिरहेको फोटो भिडिओमा देखिन्छ।

लामा श्रम संस्कृति पार्टीबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर एकबाट उम्मेदवार रहेकाे निर्वाचन आयोगको वेबसाइटमा उक्त विवरण उपलब्ध छ। उनै हर्कको पार्टीका उम्मेदवार तथा नेता समिर लामा भूमाफिया चाम्लिङले सरकारी जग्गा मिचेर मापदण्डविपरीत बनेको संरचना जोगाउन परिचालित भएको खुलेको हो। हर्कलाई थापाथलीमा डोजर लागेको ठाउँमा उतार्न पनि उनी नै सक्रियतापूर्वक लागेको देखिन्छ।

श्रम संस्कृति पार्टीका नेता कै कारण चाम्लिङले कब्जा गरेको ढुङ्गेधारा पनि सार्वजनिक प्रयोगमा ल्याउन नसकिएको चर्चा हुन थालेको हो। हरियो घरभित्र हालिएको उक्त ढुङ्गेधारा डोजर लगाएर सार्वजनिक प्रयोगमा ल्याउन बालेन सरकारले एक्सन लिन जरूरी छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ