पशुपति क्षेत्र विकास कोषमा सबै पदाधिकारी पदमुक्त हुँदा कसरी जोगिए कार्यकारी निर्देशक जोशी?
काठमाडौं। पशुपति क्षेत्र विकास कोषमा सबै पदाधिकारी पदमुक्त हुँदा कार्यकारी निर्देशक सुभाषचन्द्र जोशी भने बालबाल जोगिएका छन्। सबैभन्दा पहिला पदमुक्त गर्नुपर्ने जोशी जोगिदा अहिले निकै चर्चाको विषय बनेको छ। उनको पद प्राविधिक कारणले जोगिएको पाइएको हो।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव, कोषाध्यक्ष, कार्यकारी निर्देशक र सात जना परिषद् सदस्यसहित १० जना उच्च तहमा रहने गरेका छन्। कोषका सदस्यसचिव प्रकाशमणि शर्मा, भुसाल र कोषाध्यक्ष श्रीधर सापकोटा पदमुक्त भएका हुन्। त्यस्तै सदस्यहरू बाबु शरण सुवेदी, रामेश्वर संगत, रेनुका पराजुली, भरतप्रसाद बडाल, शिक्षित पराजुली, हरिनाथ ढकाल र राजुकुमार खत्री एकमुष्ट रूपमा पदमुक्त भएका हुन्।
भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका सदस्य पदमुक्त हुँदा कार्यकारी निर्देशक जोशी भने जोगिएका छन्। खत्री कोषको निमित्त सदस्यसचिव हुँदाको निर्णयका कारण भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका थिए। कोषका तत्कालीन सदस्यसचिव मिलनकुमार थापालाई भ्रष्टाचार मुद्दा लागेपछि जोशी निमित्त सदस्यसचिव बनेका थिए। जोशी निमित्त सदस्यसचिव हुँदा सर्वोच्चको आदेशविपरीत तिलगंगादेखि गुहेश्वरीको बाटो खोलिएको थियो। बालेन सरकार आएपछि मात्र उक्त बाटो बन्द भएको हो। पार्किङको जग्गादेखि लिच्छवीकालीन ऐतिहासिक र पुरातात्त्विक विश्वरूपा मन्दिर निर्माण भुक्तानीसम्म उनी जोडिएका छन्। यस्ता विवादित पात्रको पद जोगिदा हलचल मच्चिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरू भने प्राविधिक कारणले कोषका कार्यकारी निर्देशक जोशी पदमुक्त नभएको बताउँछन्। विनियमावलीमा भएको व्यवस्था अनुसार जोशी कार्यकारी निर्देशक बनेकाले उक्त कानुन संशोधन भएपछि मात्र जोशी पदमुक्त हुने मन्त्रालयका अधिकारीहरूको भनाइ छ।
रेणु र गंगा दाहाल निकट जोशी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेर केपी शर्मा ओली नेतृत्वको सरकार बन्ने क्रममा रातारात कोषको कार्यकारी निर्देशक बनेका थिए। तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले उनलाई कार्यकारी निर्देशक बनाएका थिए। प्रचण्डको छोरीहरूलाई रिजाएर जोशीपशुपति जस्तो पवित्र ठाउँमा कार्यकारी निर्देशक बनेर पुगेका थिए। उनलाई पदमुक्त गर्न बालेन सरकारले ढिलाइ गर्नु हुँदैन।
ट्याग : #सुभाषचन्द्र जोशी


तपाईको प्रतिक्रिया दिनुहोस