रिक्त भए ललितपुरसहित चार जिल्लाका सिडिओ
काठमाडौं। काठमाडौं उपत्यकाका दुई ललितपुर र भक्तपुरसहित चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) खाली भएकाे छ। ललितपुरको प्रमुख जिल्ला अधिकारी अवकाशका कारण रिक्त भएको हो भने भक्तपुर, सिन्धुपाल्चोक र डडेल्धुराका सिडिओको सरूवा भएका हो।
ललितपुरका सिडिओ प्रेमप्रसाद भट्टराईले ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा गएका छन्। उनी अवकाशमा गएसँगै ललितपुरमा नयाँ सिडिओ पठाउनु पर्ने भएको छ।
त्यस्तै भक्तपुरका सिडिओ उमेशकुमार ढकाल बागमती प्रदेशमा सरूवा भएका छन्। यद्यपि उनले जिल्ला छाडिसकेका छैनन्।
सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको र डडेल्धुराका सिडिओ विष्णुप्रसाद कोइरालाको कोशी प्रदेश सरूवा भएको छ। उनीहरू दुबैजनाले जिल्ला छाडिसकेका छन्। गृह मन्त्रालयले ती दुई जिल्लामा अर्को सिडिओ पठाएको छैन।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरे पनि गृहबाट सरूवा भएर मुस्लिम आयोग पुगेका छन्। उक्त विभागमा पनि नयाँ महानिर्देशक पठाउनु पर्ने अवस्था आएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रशासक हेर्ने सहसचिव रोशनी कुमारी श्रेष्ठ पनि कर्णाली प्रदेश सरूवा भएकी छिन्।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस