दिपु ज्वारचनले ‘टिआईए’ निषेधित क्षेत्रको पास फिर्ता नगरेपछि क्यानमा खैलाबैला
काठमाडौं। क्याप्टेन दिपुराज ज्वारचनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआईए)को निषेधित क्षेत्रको प्रवेश पत्र (पास) लगेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणभित्र खैलाबैला मच्चिएको छ। स्वास्थ्य लाइभलाई प्राप्त कागजात अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिक उड्डयन कार्यालयले ज्वारचनसँग पटकपटक निषेधित क्षेत्रको पास फिर्ता मागेको देखिन्छ।
कार्यालयले ज्वारचनलाई निषेधित क्षेत्रको पास फिर्ता नगरेपछि ताकेता गरेको पाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रको पास ज्वारचनले फिर्ता नगरेपछि क्यानभित्र हल्लिखल्ती मच्चिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बेलाबेलामा यस्ता परिदृश्य देखा परिरहन्छ। नेपाल वायुसेवा निगमको महाप्रबन्धकको जिम्मेवारी समेत सम्हालिसकेका ज्वारचनले पास फिर्ता नगरेपछि विमानस्थलको सुरक्षामाथि समेत पश्न उठेको छ। ज्वारचनले निगमको जिम्मेवारीमा हुँदा शक्तिको दुरुपयोग त गरेनन् भन्ने विषय समेत उठेको हो। उक्त विषयमा बालेन सरकारको समेत ध्यानाकर्षण हुन जरूरी छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस