काठमाडौं महानगरपालिकाका निर्देशक महेश काफ्लेमाथि अनियमितताको आरोप


काठमाडौं। काठमाडौं महानगरपालिकाका निर्देशक महेश काफ्लेमाथि अनियमितताको आरोप लागेको छ। प्रशासन विभाग प्रमुख भएपछि उनले आर्थिक अनियमिततामा गर्न थालेको उजुरी परेको हो।

राष्ट्रिय सतर्कता केन्द्रमा परेको उजुरीमा प्रशासन विभाग प्रमुख भएपछि काफ्लेले विभिन्न अनियमितता गरेको आरोप छ। उक्त विषयमा छानबिनका लागि काठमाडौं महानगरपालिका निर्देशन दिइएको पाइन्छ।

काफ्लेको समूहले महानगरपालिकाभित्र प्रभाव जमाउन थालेको र उनलाई प्रमुख प्रशासकीय अधिकृतले पनि साथ दिएको उजुरीमा उल्लेख छ। बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा काफ्लेको हेटौंडा उपमहानगरपालिकामा सरूवा भएको थियो। बागमती प्रदेशमा सेटिङ मिलाएर उनी फेरि काठमाडौं महानगरपालिकामा फर्किएका थिए। उजुरीको प्रकृति हेर्दा बालेन मेयर हुनुभन्दा पहिला कै अवस्थामा काफ्ले महानगरमा सक्रिय भएको चर्चा हुन थालेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ