भूमाफियाहरूले भक्तपुर झौखेलको कमलपोखरी बनाए गायब
काठमाडौं। ठमेलस्थित कमलपोखरी छाँया सेन्टरको छाँयामा परेको कुराले अहिले निकै चर्चा पाइरहेको छ। सर्वोच्च अदालतमा उक्त विषयको मुद्दा विचाराधीन अवस्थामा रहेको छ। यस्तै प्रकृतिको भक्तपुरको झौखेलस्थित प्राचीन कमलपोखरी भूमाफियाहरूले गायब पारेको तथ्य फेला परेको हो।हरूले गायब पारेको तथ्य फेला परेको हो।
२०२१ सालको नापीमा कमलपोखरी जनिएको भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नम्बर ३ साबिक झौखेल वडा नम्बर ८ को कित्ता नम्बर ५९५ को जग्गा नानीवेटी लौब र रामभक्त लौवको नाममा हुँदै विभिन्न व्यक्तिको नाममा पुगेको पाइएको छ। कमलपोखरीको ६ आना ७ पैसा १ दाम क्षेत्रफल जग्गा व्यक्ति विशेषको नाममा दर्ता भएको खुल्न आएको हो।

फिल्डबुकमा झौखेल ८ (च) कित्ता नम्बर ५९५ को मोहीको महलमा कमल पोखरी क्षेत्रफल ७ आना ७ पैसा १ दाम जग्गाधनीको महल खाली रहेको छ। साथै कैफियत महलमा २०४० बैशाख ९ गतेको निर्णयले तलेजु भण्डारखाल गुठीको दर्ता भनी उल्लेख गरिएको पाइन्छ। पोखरीको रूपमा रहेको जग्गा २०४५ सालमा तलेजुको भण्डारखाल गुठी रैतानी भनी नानीवेटी र रामभक्त लौवको नाममा पुगेको पाइएको हो।
क्याटेगोरी : समाचारट्याग : #झौखेलको कमलपोखरी


तपाईको प्रतिक्रिया दिनुहोस