दुई महिलामध्ये एक बन्दैछन् स्वास्थ्य सेवाको प्रमुख विशेषज्ञ
काठमाडौं । स्वास्थ्य सेवाको रिक्त प्रमुख विशेषज्ञ (१२ तह) पदका लागि बढुवा सिफारिस समितिको बैठक आज बसेकाे छ । दिउँसो ४ बजे बसेकाे बैठकले एक पदका लागि दुई जनाको नाम टुंगो लगाउने तयारी गरेको थियाे।
प्रमुख विशेषज्ञ पदमा बढुवा हुन १३ जनाले दरखास्त दिएका थिए । स्वास्थ्य सेवा नियमावलीअनुसार एक पदका लागि ५० प्रतिशत थप गरी दुई जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिने व्यवस्था छ ।
मन्त्रिपरिषद्ले सिफारिस भएका दुई जनामध्ये एक जनालाई प्रमुख विशेषज्ञ पदमा बढुवा गर्नेछ ।
स्रोतका अनुसार दुर्गा लक्ष्मी श्रेष्ठ र डा. सुधा शर्माको नाम सिफारिस हुने सम्भावना रहेको छ । उनीहरूमध्ये एक जना स्वास्थ्य सेवाको प्रमुख विशेषज्ञ पदमा बढुवा हुनेछन् । तर, शुक्रबारकाे बैठकले टुङ्गो लगाउन सकेन ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस